चीन रुसलाई घातक हतियार दिने तयारीमा रहेको अमेरिकी दाबी



अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनले युक्रेन युद्धका लागि रुसलाई हातहतियार र गोलाबारुद दिने विषयमा विचार गरिरहेको आरोप लगाएका छन् ।

ब्लिङ्कनले सीबीएस न्यूजसँगको कुराकानीमा चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई गैरघातक सहयोग उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई घातक खालका सहयोग पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए ।

यदि चीनले त्यसो गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिए । चीनले चाहिँ मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुन् र उनले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेका छैनन् ।

तर यो द्वन्द्वमा तटस्थ रहन खोज्दै उनले शान्तिका लागि आह्वान गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको औँला देखाउने र जबरजस्ती गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ ।

ब्लिङ्कनले शनिबार म्युनिख सुरक्षा सम्मेलनमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि सीबीएससँग कुराकानी गर्दै चीनलाई चेतावनी दिएका थिए । उनले बैठकमा आफूले चीनले रुसलाई घातक सामग्री सहयोग गर्ने सम्भावनाबारे गहिरो चिन्ता व्यक्त गरेको बताए ।

अमेरिकाले रुसलाई हजारौँ लडाकु विमानहरू आपूर्ति गर्ने वाग्नर समूहलाई युक्रेनको स्याटलाइट नक्साहरू उपलब्ध गराएको आरोपमा एउटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा