अफगानिस्तानले पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिणत गर्ने



अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ ।

सरकारी बख्तर समाचार एजेन्सीले उल्लेख गरेअनुसार उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारको अध्यक्षतामा बसेको आर्थिक आयोगको बैठकले यस्तो निर्णय गरिएको हो ।

बख्तरले आफ्नो प्रतिवेदनमा त्यसबारे उल्लेख गर्दै पाइलट प्रोजेक्ट काबुल र बल्खबाट सुरु भई देशका अन्य भागमा विस्तार हुने बताइएको छ ।

आर्थिक क्षेत्रमा परिणत भइसकेका सैन्य अखडाहरू क्रमशः उद्योग वाणिज्य मन्त्रालयलाई हस्तान्तरण गरिने पनि बख्तरले जानकारी दिएको छ । संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले सन् २०२१ अगस्टमा अफगानिस्तानबाट सेना फिर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका