राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन



अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् ।

ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिएका छन् ।

अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिएका छन् ।

यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गरेका छन् । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बलुनहरू थिए ।

गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ ।

‘म स्पष्ट हुन चाहन्छु पछिल्ला दिनहरूमा हाम्रो आकाशमा देखिने शङ्कास्पद वस्तुहरूको सङ्ख्यामा अचानक बृद्धि भएको कुनै प्रमाण त छैन तर हामी जडान गरेका निगरानी राडरहरूले त्यस बारे थप जानकारी दिनेछन् ।’

राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुनसक्छन् भन्ने बारे थप अनुसन्धान आवश्यक रहेको बताए ।

उनले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली नहानेको तर ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यस बारे भने गम्भीर अध्ययन अनुसन्धान भने गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार