आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु



टर्कीको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको आगलागीमा मृत्यु भएको छ । यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् ।

मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ । अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उदृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्कीमा बसिरहेका छन् ।

टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ । फेब्रुअरी ६ मा शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी टर्कीमा ४० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु

नयाँदिल्ली । बुधबार भारतमा रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ। उक्त प्रकोपले गर्दा यस

अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका