हङकङको जनसङ्ख्या शून्य दशमलव नौ प्रतिशतले घट्यो



सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।

सन् २०२२ को अन्त्यमा यहाँको जनसङ्ख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सय जनको मृत्यु भएको जनगणना विभागले बताएको छ ।

कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ । यसैबीच,हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

दमास्कस । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि अन्तरिम

बन्धकको सूची नबुझाएको भन्दै गाजामा इजरायली सेनाको आक्रमण

जेरुसेलम । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

वासिङ्टन ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न

अमेरिकामा टिकटक बन्द

बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ ।