जेलेन्स्की भन्छन्-शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूमि छाड्दैनौँ



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको सम्भावित शान्ति सम्झौतामा आफ्नो देशको कुनै पनि भूभाग नत्याग्ने बताएका छन् ।

रुसले पूर्ण मात्राको आक्रमण सुरु गरेको एक वर्ष भएका बेला बीबीसीसँगको अन्तर्वार्तामा उनले भूमि दिने कुरा स्वीकार गर्नुको अर्थ रुस फेरि फिर्ता आउन सक्छ भन्ने रहेको बताए ।

पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्रका कारण शान्तिलाई नजिक ल्याउने उनले आशा व्यक्त गरे । जेलेन्स्कीले वसन्त ऋतुमा हुनसक्ने सम्भावित आक्रमण अहिले नै सुरु भइसकेको बताए । उनले भने,’अहिले नै विभिन्न दिशाबाट रुसी आक्रमण भइरहेका छन् ।’

उनी युक्रेनी सैनिकहरूले उनीहरूले प्रत्याक्रमण सुरु गर्नसक्ने बेलासम्म रुसी विस्तारको गतिलाई रोक्ने कुरामा विश्वस्त देखिएका छन् । यद्यपि उनले पश्चिमी देशहरूलाई सैन्य सहायताका लागि पुनः आह्वान गरेका छन् ।

उनले भने,’निःसन्देह रूपमा परिष्कृत र आधुनिक अस्त्रले मात्र शान्तिलाई गति दिन्छ। अस्त्रको भाषा मात्र रुसले बुझ्ने भाषा हो ।’

राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थन मजबुत बनाउन र आफ्नो देशको रक्षाका लागि आधुनिक हतियार माग्ने प्रयासमा गत साता ब्रिटेन र ईयूका नेताहरूसँग भेटेका थिए ।

गत महिना जर्मनी, अमेरिका र ब्रिटेन लगायतका पश्चिमी देशहरूले दिने प्रतिबद्धता जनाएका युद्धमा प्रयोग हुने ट्याङ्कहरू अझै पनि युद्धको मैदानमा पुग्न केही साता लाग्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा