विद्युत महसुल बृद्धि गरेसँगै श्रीलंकामा दैनिक विद्युत कटौती स्थगित



श्रीलङ्काले दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो ।

विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले नियामक निकायबाट स्वीकृत भएकाले नयाँ महसुल लागू भएको बताए । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले यसको अध्यक्ष जनक रत्नायकेले विरोध गरे पनि संशोधनलाई अनुमोदन गरेको हो ।

यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले न्यून आय भएका परिवारका लागि सहुलियत र धार्मिकस्थल र सरकारी शैक्षिक संस्थाका लागि सौर्य ऊर्जा प्रणाली उपलब्ध गराउन निर्देशन दिएका छन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले विद्युत् उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्दै महसुल परिमार्जन कार्यान्वयन गर्न ऊर्जा तथा ऊर्जामन्त्री र सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको राष्ट्रपतिको सञ्चार महाशाखाले जनाएको छ ।

श्रीलङ्काले अगस्ट २०२२ मा ७५ प्रतिशतले बिजुलीको शुल्क बढाएको थियो । यद्यपि, राज्यको स्वामित्वमा रहेको बिजुली उत्पादक सिलोन विद्युत् बोर्ड भने घाटामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको