भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै



भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा आजदेखि सुरु हुँदैछ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘धर्म संरक्षक’ अभ्यासले भारतीय सेना र जापानी भू–आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्ने उल्लेख छ ।

संयुक्त अभ्यासका क्रममा दुई राष्ट्रका सेनाले योजना निर्माण गर्ने र कार्यान्वयनमा अन्तर सञ्चालनशीलतालाई बलियो बनाउन विभिन्न किसिमका अनुभवहरू आदानप्रदान गर्नेछन् ।

भारतले विभिन्न देशहरूसँग गरेको सैन्य प्रशिक्षण अभ्यासहरूको श्रृङ्खलामा यो जापानसँग हुने एक वार्षिक प्रशिक्षण कार्यक्रम हो ।

यस कार्यक्रममा वर्तमान विश्वव्यापी परिस्थितिको विकसित पृष्ठभूमिमा दुबै राष्ट्रहरूले सामना गर्ने सुरक्षा चुनौती लगायातका महत्वपूर्ण सुरक्षाका आयामहरू समेटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

दमास्कस । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि अन्तरिम

बन्धकको सूची नबुझाएको भन्दै गाजामा इजरायली सेनाको आक्रमण

जेरुसेलम । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

वासिङ्टन ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न

अमेरिकामा टिकटक बन्द

बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ ।