टर्कीमा भूकम्पबाट पाँच सय आणविक बम बराबरको शक्ति निस्कासन



टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

संयुक्त अरब इमिरेट्सले आयोजना गरेको शासनप्रणालीसम्बन्धी विश्व सम्मेलनलाई यहाँबाट अप्रत्यक्षरूपमा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले कठिन परिस्थितिमा विश्व समुदायले प्रकट गरेको ऐक्यबद्धता, उपलव्ध गराएको सहयोग र प्रदर्शन गरेको मैत्रीलाई आफ्नो देशले कहिल्यै नभुल्ने बताए ।

विश्वका एक सय राष्ट्रबाट आफूलाई ऐक्यबद्धताका सन्देश प्राप्त भएका जानकारी दिँदै उनले दुई करोड टर्कीएका नागरिक भूकम्पबाट प्रभावित भएका बताए । भूकम्पबाट एक करोड ३५ लाख जनसङ्ख्या भएका देशका १० प्रान्तमा सर्वाधिक क्षति भएको बताउँदै उनले राहत सामग्री सङ्कलनमा अहोरात्र खटेका मित्र राष्ट्र र तिनका नागरिकप्रति आभार व्यक्त गरे ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पमा परी टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सय वटा आणविक बमले निष्काशन गर्ने ऊर्जा जत्तिकै ऊर्जा निस्कासन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना