ह्वाइट हाउसले भन्यो-लडाकू विमानले खसालेको वस्तुको चिनियाँ जासुसीसँग सम्बन्ध छैन



अमेरिकी सेनाले गत साता लडाकु विमान प्रयोग गरी खसालेका तीनवटा अपरिचित वस्तुको चिनियाँ जासुसीसँग सम्बन्ध भएको कुनै सङ्केत नपाइएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले ती वस्तुहरू व्यावसायिक वा अनुसन्धान गर्ने संस्थाहरूसँग सम्बन्धित हुनसक्ने र ती हानिकारक नहुन सक्ने बताए ।

अमेरिका र क्यानडाका अधिकारीहरूले अहिलेसम्म खसालिएका ती तीनवटै वस्तुको कुनै अवशेष फेला पार्न सकेका छैनन् ।

बेइजिङले यसअघि अमेरिकालाई हिंसालाई प्रेरित गर्ने खालको प्रतिक्रिया दिएको आरोप लगाएको थियो । अमेरिकाले यसै महिनाको सुरुमा साउथ क्यारोलाइनाको तटमा एउटा चिनियाँ बलुन खसालेको थियो ।

चीनले जासुसीका लागि उक्त बलुन प्रयोग गरेको अमेरिकी आरोप थियो । तर चीनले त्यसलाई अस्वीकार गर्दै त्यो केवल मौसम अनुगमन गर्ने कार्यका लागि प्रयोग भएको बताएको थियो ।

सबैभन्दा पछिल्लो कारबाहीमा अमेरिकी एफ–१६ लडाकु विमानले ह्यूरन तालमाथि उडिरहेको वस्तुमा साइडविन्डर क्षेप्यास्त्र प्रहार गरेको थियो ।

तर पहिलो क्षेप्यास्त्रको निसाना चुकेको एक उच्च अमेरिकी सैन्य अधिकारीले पुष्टि गरेका छन् । हवाईक्षेत्रमा पनि अन्य कुनै क्षति र असर नपर्नेगरी क्षेप्यास्त्र प्रहार गर्ने नीतिअनुसार उक्त वस्तुलाई ह्यूरन तालमा खसालिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३ सय प्राथमिकताका उपाय लागु

  यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन