चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रण सूचीमा नराख्न अमेरिकालाई चीनको आग्रह



चीनले सैन्य हवाई जहाजजस्ता चीनको एयरोस्पेस कार्यक्रमलाई समर्थन गर्ने तथाकथित आधारमा छ वटा चिनियाँ कम्पनीहरूलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा राख्ने अमेरिकी कदमको कडा विरोध गरेको छ ।

वाणिज्य मन्त्रालयका प्रवक्ताको लामो समयदेखि संयुक्त राज्य अमेरिकाले अन्य देशका कम्पनीहरूलाई दमन गर्न र नियमित आर्थिक र व्यापार आदानप्रदानमा बाधा पुर्याउन निर्यात नियन्त्रण उपायहरूको दुरूपयोग गर्दै आएको दाबी छ ।

यी कदमहरूले प्रभावित कम्पनीहरूको वैध अधिकार र हितमा गम्भीर आघात पुर्याएको छ । यस किसिमका गतिविधिले विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई कमजोर पारेको छ ।

मन्दीग्रस्त विश्व अर्थतन्त्रमा देखिएको समस्यालाई सुल्झ्याउन पनि यस कदमले बाधा पुर्याएको प्रवक्ताको दाबी छ । साथै चीनले अमेरिकी पक्षलाई चिनियाँ फर्महरूको आधारहीन दमन रोक्न आग्रह गरेको छ । प्रवक्ताले देशले आफ्ना फर्महरूको वैध अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३ सय प्राथमिकताका उपाय लागु

  यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन

म्यान्मामा थप ‘अत्याचार’ हुने राष्ट्रसङ्घको चेतावनी

  संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखले म्यान्माको रखाइन राज्यमा हिंसाको पुनरुत्थानबाट ‘गहिरो चिन्तित’

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना