भारतस्थित बीबीसी कार्यालयमा कर विभागको खानतलासी



बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन् ।

बीबीसीले बेलायतमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो ।

उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो। त्यतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए । बीबीसीले उसले अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ ।

उक्त डक्यूमेन्ट्री बेलायतको टेलिभिजनमा मात्र प्रसारण गरिएको भएपनि भारत सरकारले उक्त डक्यूमेन्ट्री अनलाइनमार्फत् मानिसहरूले शेयर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो ।

गत महिना दिल्लीमा उक्त डक्यूमेन्ट्री हेर्न जम्मा भएका विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मङ्गलबारको कारबाहीमा ‘हताश मनस्थितिको गन्ध आएको र मोदी सरकार आलोचनाबाट डराएको देखिएको बताएका छन्। सम्पादकहरूको समूह एडिटर्स गिल्ड अफ इन्डियाले आफू खानतलासीको उक्त घटनाबाट गम्भीर रूपमा चिन्तित भएको बताएको छ ।

ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेको उक्त प्रतिवेदनमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ । त्यसबेला गुजरातमा हिन्दू तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगलागी हुँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए ।

त्यस घटनाको भोलिपल्ट भड्किएको हिंसामा परेर धेरै मुस्लिमसहित एकहजार जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६