भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको मृत्यु



भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ । स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको र २१६ सङ्क्रमणका घटनाहरू पुष्टि भएको बताएका छन् ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उत्तरी राज्य कानोमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दक्षिणपश्चिमी राज्य लागोसमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसैगरी उत्तरपूर्वी राज्य योबेमा दुईवटा सङ्क्रमणका घटना पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । उता दक्षिणपश्चिम राज्य ओसुनमा एउटा सङ्क्रमणको घटना पुष्टि भएको र एकजनाको मृत्यु भएको बताइएको छ ।

कुल २१६ जनामा सङ्क्रमणकप घटना पुष्टि भएकामा १८४ जना चाँहि २ देखि १४ वर्ष उमेरका थिए । यसैबीच महामारी फेलिने सन्त्रासपछि एजेन्सीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।

डिप्थेरिया एक प्रकारको ब्याक्टेरिया सङ्क्रमण हो जुन कोरिनेब्याक्टेरियम प्रजातिको ब्याक्टेरियाले गर्दा मानिसको नाक, घाँटी र कहिलेकाहीँ छालालाई असर गर्छ।

डिप्थेरियाका लक्षणहरूमा ज्वरो आउने, नाक बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने र घाँटी सुन्निने जस्ता लक्षणहरू पर्दछन्।

गम्भीर अवस्थामा, टन्सिल वा घाँटीको पछाडि बाक्लो खैरो वा सेतो दाग देखिन्छ जसले गर्दा सास फेर्न गाह्रोसँग सम्बन्धित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

  किर्गिजस्तानको राजधानी विश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि ६