बेलुन प्रकरणका कारण अमेरिका–चीन तनाव बढ्दै



बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो ।

वासिङटनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत सु सुयुवानले बेइजिङको निर्देशनअनुसार अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ अधिकारीलाई आज भेटेर बेलुन खसालिएकामा कडा आपत्ति जनाएका छन् ।

वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई समयमै बारम्बार जानकारी गराउँदा समेत त्यसलाई अमेरिकी पक्षले उपेक्षा गरेर बलपूर्वक बेलुन खसालेकामा खेद प्रकट गरेको छ ।

चिनियाँ कूटनीतिज्ञले भेट गरेका अमेरिकी अधिकारीबारे जानकारी नदिए पनि उनले अमेरिकालाई शान्त र संयमित भउर व्यावसायिक ढङ्गले परिस्थिति सम्हाल्न आग्रह गरेका छन् । उनले परिस्थितिलाई थप जटिल नबनाउन पनि सम्बद्ध अधिकारीलाई आह्वान गरेका छन् ।

आवश्यक परे अमेरिकालाई चीनले थप जवाफ दिने पनि उनले बताएका छन् । यद्यपि कस्तो जवाफ भन्नेबारेमा केही स्पष्ट गरिएको छैन । यसअघि चीनले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको थियो ।

मौसम विज्ञानसम्बन्धी सूचना सङ्कलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको बेइजिङले स्पष्ट गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका