बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने



बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएका छन् ।

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,” सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भने ।

सुनकले मुख्य विपक्षी लेबर पार्टीका नेता केइर स्टार्मरसँग मिलेर भ्लादिमिर पुटिनको अकारण आक्रमणलाई परास्त नगरेसम्म बेलायत युक्रेनसँग एकताबद्ध भएर उभिने र युक्रेनको विजयी मात्र नभई त्यहाँका जनतामा शान्ति कायम गर्ने कुरा सुनिश्चित गर्ने बताए ।

करिब एक वर्षअघि रुसको आक्रमण सुरु भएयता जेलेन्स्की आफ्नो दोस्रो विदेश भ्रमणका लागि बुधबार बेलायत आइपुगेका थिए ।

सामान्य हरियो पहिरनमा सजिएका जेलेन्स्कीलाई लण्डनको उत्तरमा रहेको स्टानस्टेड विमानस्थलमा सैन्य यातायातको विमानमा ओर्लेपछि सुनकले न्यानो स्वागत गरेका थिए । जेलेन्स्किीले बुधबार नै राजा चाल्र्स तृतीयसँग पनि कुराकानी गने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ