पूर्वी कङ्गोमा तत्काल युद्धविरामका लागि पूर्वी अफ्रिकी नेताहरूको आह्वान


पूर्वी अफ्रिकी देशका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् ।

पूर्वी अफ्रिकी समुदाय (इएसी) ले विज्ञप्ति जारी गरी युद्धविरामका लागि आह्वान गरेको हो । पूर्वी कङ्गोमा हालको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न बुरुन्डियाको वाणिज्य राजधानी बुजुम्बुरामा प्रमुख नेतहारूको २० औं असाधारण शिखर सम्मेलन आयोजना गरिएको थियो ।

बैठकमा सहभागी राष्ट्र प्रमुखहरूले सबै पक्षहरूद्वारा तत्काल युद्धविराम गर्न र सबै सशस्त्र समूहहरूलाई कारबाही फिर्ता लिन आह्वान गरेका छन् ।

शिखर सम्मेलनले कङ्गोमा सेना पठाउने देशहरूलाई तुरुन्तै सेना तैनाथ गर्न र शान्ति बहालीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विद्रोहीहरूलाई कब्जा गरिएका क्षेत्रहरूबाट फिर्ता हुनको लागि पुनः आह्वान गरेको छ । साथै सबै सशस्त्र समूहहरूलाई निशस्त्रीकरण गर्न समेत आह्वान गरिएको छ ।