‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध



‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ ।

मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजिक सञ्जाल फेसबुक र युट्युबलाई यसअघि पनि अपमानजनक सामग्री प्रकाशित गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)का प्रवक्ता मालाहत ओबैदले धर्म र धार्मिक सन्दर्भमाथिको निन्दात्मक सामग्री हटाउन र समयसीमा पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिएपछि अनलाइन इन्साइक्लोपीडियालाई देशभर बन्द गरिएको जानकारी दिए ।

पीटीएले यस हप्ताको सुरुमा विकिपिडियालाई सामग्री हटाउन ४८ घण्टाको अल्टिमेटम दिएको थियो । ओबैदले सबै आपत्तिजनक सामग्री नहटाएसम्म यो प्रतिबन्ध कायम रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ