नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या



नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको छ ।

यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि गरेको छ । गत बुधबार एक स्थानीयबाट चौपाया चोरेको गिरोहलाई पत्ता लगाउन परिचालन गरिएका बकोरी जिल्लाका विभिन्न गाउँका सयौं स्वयंसेवकहरू आक्रमणकारीको निशानामा परेका हुन् ।

कात्सिना राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाहले शुक्रबार अबेर राति चोरहरूले आक्रमण गर्दा ४१ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको बताए ।

उनले भने, ‘हुलहुज्जतले ४१ जना यान्साकाईलाई गोली हानेर मारेका छन् भने दुई जना घाइते भएका छन् ।’

उनका अनुसार अन्य दर्जनौं सवयंसेवक सुरक्षा दस्तालाई पनि घाइते अवस्थामा अस्पताल ल्याइएको छ । अर्का स्थानीय अब्दुल्लाही सदाले आक्रमणकारीहरू छिमेकी जाम्फारा राज्यबाट आएका बताइएको छ ।

उत्तरपश्चिम र मध्य नाइजेरियाका कैयौं राज्यहरूमध्ये कात्सिना पनि एक हो, जसलाई आपराधिक गिरोहले आतङ्कित बनाएको छ । उक्त गिरोहले गाउँहरूमा छापा मार्छ, बासिन्दाहरूको हत्या गर्छ, फिरौतीको लागि अपहरण गर्छ, गाईवस्तुहरू चोरी गर्छ र लुटपाट पछि घरहरू जलाउँछ ।

यो गिरोहले कात्सिना, जाम्फारा, कादुना र नाइजर राज्यको विशाल जङ्गलमा क्याम्प सञ्चालन गर्दै आएको छ । बकोरी र कांकारासहित कात्सिनाको दक्षिणी भाग जाम्फाराको सीमा नजिक पर्छ र छिमेकी राज्यमा आधार क्षेत्र बनाई जाम्फारामा बारम्बार निशाना बनाउने गर्छ ।

सन् २०२१ को डिसेम्बरमा कनकारामा ३०० भन्दा बढी विद्यालयका केटाकेटीको अपहरण भएको थियो ।

विद्यार्थीहरूलाई जाम्फारा लगियो र फिरौती तिरेपछि छोडियो । त्यसपछि स्थानीय समुदायहरूले आपराधिक गिरोहहरूको आक्रमणविरुद्ध लड्न सतर्कता समूहहरू गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ