तान्जानियामा ट्रक र मिनीबस आपसमा ठोक्किँदा १७ जनाको मृत्यु



तान्जानियाको उत्तरी जिल्ला कोरोग्वेमा ट्रक र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

टाँगाका क्षेत्रीय आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनी बस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा शुक्रबार राति दुर्घटना भएको थियो ।

गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले जानकारी दिए ।

घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग