मस्जिदमा भएको बम विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता रहेको प्रहरीको दाबी



पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको एक मस्जिदमा सोमबार भएको आत्मघाती बम विष्फोटमा संलग्न आतङ्ककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको जनाएको छ ।

पख्तुनख्वाका प्रहरी प्रमुख मोअज्जाम जाह अन्सारीले पत्रकार सम्मेलनमा प्रहरी आक्रमणको पछाडि रहेको आतङ्कवादी सञ्जाल पत्ता लगाउन नजिक पुगेको जानकारी दिए । उनले घटनामा प्रत्यक्षपमा संलग्न र योजनाकारहरूलाई चिनेको बताए ।

आत्मघाती आक्रमणकारी शहरको अतिसंवेदनशील क्षेत्रमा कसरी पस्न सफल भयो भन्ने बारे कुरा गर्दै अन्सारीले आक्रमणकारीले प्रहरीको पोसाक लगाएको र प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले उसलाई प्रहरीसँग सम्बन्धित भएको ठानी झुक्किएको बताए ।

सोमबार दिउँसो आत्मघाती आक्रमणकारी हेल्मेट लगाएर मोटरसाइकलमा मुख्य गेटमा आई एक हवल्दारसँग मस्जिद कहाँ छ भनेर सोधेको बताउँदै आक्रमणकारीलाई यस क्षेत्रको बारेमा थाहा नभएकोजस्तो देखिएको छ ।

शक्तिशाली विस्फोटमा परी कम्तीमा एकसय जनाको मृत्यु हुनुका साथै अन्य २ सय भन्दाबढी घाइते भएका अस्पताल र प्रहरी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ