मुद्रास्फिति नियन्त्रणका लागि बेलायतको केन्द्रीय बैंकले ब्याजदर वृद्धि गर्ने



बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हड्ताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दरमा शून्य दलमलव ५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यो कदमले बेलायतको मुख्य ब्याज दरलाई चार प्रतिशतमा धकेल्नेछ । विश्व अर्थतन्त्रमा महामारीपछिको वृद्धि र युक्रेनमा रुसको युद्धका कारण मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा पुगेपछि बेलायतको केन्द्रीय बैंकले लगातार १० पटक वृद्धि गरेको छ ।

बेलायती केन्द्रीय बैंकको लागि यो अन्तिम ठूलो दर वृद्धि हुन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ । अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रतिक्रियालाई कम गर्न सुरु गरिसकेको छ ।

अमेरिकाले आफ्नो प्रमुख ब्याज दरलाई बुधबार मात्र एक चौथाई बिन्दुले बढाएको थियो । यसैबीच, युरोपेली केन्द्रीय बैंकले शून्य दलमलव ५ अङ्कको वृद्धि हुने अपेक्षा गरिएको छ । बेलायतको मुद्रास्फीति लगातार दोस्रो महिना डिसेम्बरमा १० दशमलव ५ प्रतिशतमा झरेपछि ब्याजदर वृद्धि बन्द हुन सक्ने आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ