पाकिस्तानका पूर्वप्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ



पाकिस्तानका पूर्व गृहमन्त्री तथा अपदस्थ नेता इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको छ ।

खानसँग गठबन्धनमा रहेको पार्टीका प्रमुख शेख रसिद अहमद इस्लामाबादको अदालतमा उपस्थित भएका समय पक्राउ गरी दुई दिनका लागि हिरासतमा राखिएको हो।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानलाई मार्न हत्याको षड्यन्त्र रचेको आरोप लगाएको र पूर्व राष्ट्रपतिको मानमर्दन गरेको भन्दै अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टीका एक अधिकारी राजा इनायत योर रहमानले अहमदले जनतालाई भड्काउने प्रयास गरेको दाबी गरेका छन् । पाकिस्तानले सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको छ, कमजोर गठबन्धन सरकारले अक्टोबरमा हुने आम चुनावअघि घट्दो लोकप्रियतासँग जुधिरहेको छ ।

खानको कार्यकालमा सूचनामन्त्री रहेका फवाद चौधरीलाई इस्लामाबादको एक अदालतले एक हप्ता हिरासतमा बिताएपछि जमानत दिएको केही घण्टापछि बिहीबार उनलाई पक्राउ गरिएको हो ।

खानको पार्टी पीटीआईले सार्वजनिक गरेको प्रहरी रिपोर्टअनुसार चौधरीलाई निर्वाचन आयोगका अधिकारी र उनीहरूका परिवारलाई टेलिभिजनमा गरिएको टिप्पणीमा ‘उत्पीडन र धम्की’ दिएको आशङ्कामा पक्राउ गरिएको हो ।

खान र उनको पार्टीका अन्य नेताहरू अदालती मुद्दाहरूमा फसेका छन्, जुन विपक्षी समूहहरूले सामना गर्नुपरेको साझा अवरोध हो । यसलाई अधिकार अनुगमनकर्ताहरूले उनीहरूलाई पदबाट हटाउनका लागि योजनाबद्ध षड्यन्त्र भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्

मध्य अफ्रिकी गणतन्त्रमा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका

सैनिक हेलिकोप्टर दुर्घटनामा कोलम्बियामा चार जनाको मत्यु

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ