पाकिस्तानद्वारा १२० गैरकानुनी अफगान नागरिक रिहा



पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ ।

इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका एक सय २० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो । गत मङ्गलबार करिब एक सय ३० अफगान बन्दीहरूलाई रिहा गरिएको थियो ।

यस घोषणाअनुसार आगामी दिनमा थप अफगान नागरिकलाई रिहा गरिने छ । यसअघि दूतावासले पाकिस्तानी जेलबाट १३ सय अफगान शरणार्थी रिहा भएको घोषणा गरेको थियो ।

पाकिस्तानी अधिकारीहरुकाअनुसार, एक विशेष अपरेसनको क्रममा प्रहरीले कानुनी आवासीय अनुमति (भिसा) नभएको कारण पाकिस्तानभर महिला र बालबालिका सहित १२ सय भन्दा बढी अफगान नागरिकलाई पक्राउ गरी जेलमा हालेको पाकिस्तानमा रहेको अफगान दूतावासले पुष्टि गरेको छ ।

करिब १५ सय कागजातविहीन अफगान शरणार्थीहरू अझै पनि पाकिस्तानको जेलमा छन्, र तिनीहरूको रिहाईको लागि प्रयास भइरहेको बताइएको छ । प्रतिवेदनले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) को रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ कि हाल पाकिस्तानमा करिब १३ लाख वैध अफगान शरणार्थीहरू बसोबास गरिरहेका छन् ।

तर हजारौं अवैध अफगान आप्रवासीहरू पनि पाकिस्तानका विभिन्न भागहरूमा बसोबास गरिरहेका छन् भन्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार