६ महिने भिसाका लागि ब्राजिलका पूर्वराष्ट्रपतिको अनुरोध



ब्राजिलाका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले ६ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् ।

पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानुनी अड्चन आउने सम्भावना छन् ।

पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन दिएको उनका आप्रवासनसम्बन्धी वकिललाई उदृत गर्दै ‘द फिनान्सियल टाइम्ज’ले सार्वजनिक गरेको थियो ।

गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लरिडा प्रस्थान गरेका थिए । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने दिन थियो ।

उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उनीका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुइज इनाकियो लुला डिसिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।

पूर्वराष्ट्रपति बोल्सोनारोले आन्दोलन भड्काएको लगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा पार गर्नुभएका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उनीमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा