म्यान्मा सन् २०२२ मा आगलागीबाट ९६ जनाको मृत्यु



म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् । देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा देशभर एक हजार ५०७ आगलागीका घटनाहरू घटेका अग्नि सेवा विभागका अधिकारीले बताएका छन् ।

सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन् । त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन् । याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

आगलागीका कारणहरूमा लापरवाही, त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी, डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

डढेलोबाट प्रभावित पश्चिमी क्यानाडामा ६ हजारभन्दा बढी विस्थापित

  क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण ६ हजार छ सय बासिन्दालाई

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

  श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार