क्यालिफोर्नियामा वर्षा र आँधीका कारण जनजीवन प्रभावित



अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । यहाँ निरन्तर वर्षा र हिमपात भएको छ ।

हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन ।

राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ ।

यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ ।

यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ । अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् ।

जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

डढेलोबाट प्रभावित पश्चिमी क्यानाडामा ६ हजारभन्दा बढी विस्थापित

  क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण ६ हजार छ सय बासिन्दालाई

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

  श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार