अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु



तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ ।

चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । साथै बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् । हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।

उनले भनेका छन् – हिउँका कारण हामी बाटोमा चार घन्टा रोकियौँ, यात्रा पनि कष्टकर छ ।
हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तिमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन् ।

यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसेगरी सार–ए–पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले जनाएको छ।

तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । । देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र