पाकिस्तानमा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु



पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले राजधानी इस्लामाबादबाट अभियानको सुरुवात गरेका हुन् । यो अभियान तीन दिनसम्म सञ्चालन गरिने छ ।

पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो ।

प्रधानमन्त्री सरिफले अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि यहाँका केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले पोलियोको उन्मूलनका लागि केन्द्र सरकार तथा प्रान्तीय सरकारमात्र सम्भव नभएको र यसका लागि यहाँका सबै पाकिस्तानी नागरिकको पनि उत्तिकै दायित्व रहेको पनि बताए ।

प्रधानमन्त्री सरिफले विश्वमा पोलियो रोग उन्मूलन भइसकेको भएपनि केही देशमा मात्र यो सङ्क्रमण रहेको र ती निकै थोरै देशमा पाकिस्तान पनि परेकाले यसको उन्मूलनका लागि सबै नागरिकको सामूहिक पहल हुनुपर्ने बताए ।

उनले पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा मात्र २० जनामा पोलियोको सङ्क्रमण देखिएको जनाउँदै विशेष गरी त्यस क्षेत्रका सरकार र नागरिक बढी सचेत र सजग हुनुपर्ने बताए ।

उनले पाकिस्तानमा पोलियोका सङ्क्रमितहरु देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि चासो रहेको र यसको उन्मूलनका लागि सो सङ्गठनले गरेको सहयोगको पनि सराहना गरे । पाकिस्तानमा केही वर्षयतादेखि पोलियोका रोगीहरु देखिएका छन् ।

सो सङ्ख्या बढ्दै जान सक्ने खतरा रहेकाले पाकिस्तान सरकारले गतवर्षदेखि नै पोलियो उन्मूलनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्यान्डमा हिरासतमा अनसनरत एक अभियानकर्मीको निधन

बीबीसी । राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा

पाकिस्तानका प्रधानमन्त्रीद्वारा सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश

  देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक

अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

  दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न

पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको