पेरुमा संकटकाल घोषणा



पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वतन्त्रता जस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको आदेशमा जनाइएको छ ।

अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरुले डिसेम्बरदेखि दक्षिण अमेरिकी देशभर सडकमा र्याली र नाकाबन्दी गरेका छन्, नयाँ चुनाव र बोलुआर्टेलाई हटाउन माग गर्दै आन्दोलन जारी राखेका छन् ।

‘मेरो प्रतिबद्धता पेरूसँग छ’ शुक्रबार राति उनले टेलिभिजन सम्बोधन गर्दै राजीनामा दिन अस्वीकार गरेका छन् । आपतकालिन अवस्थाले लिमा, कस्को र पुनोका क्षेत्रहरू, साथै राजधानीको छेउमा रहेको कालाओ बन्दरगाहलाई समेट्छ । पेरुमा शनिबार विरोधीहरुले एकसय भन्दाबढी सडक अवरोध गरेका थिए ।

लिमावरपर क्षेत्र मुख्यतया अशान्तिको केन्द्रबिन्दु भएको छ । दक्षिणी पेरुको प्रख्यात माचुपिचु साइटको प्रवेशद्वार कुस्कोको एयरपोर्ट, विरोध प्रदर्शनको कारण बन्द भएपछि शनिबार फेरि खुल्ला भएको छ ।

प्रदर्शनकारीहरूले यातायातमा पुग्ने प्रयास गरेपछि अधिकारीहरुले बिहीबार देशको दोस्रो सबैभन्दा ठूलो हवाई यातायात ह्यान्डल गर्ने एयरपोर्टमा रोकथाम उपायको रूपमा सञ्चालन निलम्बन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०

थाइल्यान्डमा सिनेटको निर्वाचन जुनमा हुने

  थाइल्यान्डले आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक