ब्राजिलका पूर्वराष्ट्रपतिमाथि छानबिन गर्न सर्वोच्च अदालत सहमत



ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने बिषयमा ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ ।

न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्व राष्ट्रपति बोल्सोनारोले दङ्गाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उदृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए ।

लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ । यद्यपि बोल्सोनारोले दङ्गापछि भिडियो पोस्ट गरेका थिए भने अर्को दिन यसलाई हटाएका थिए ।

बोल्सोनारोले अक्टोबर ३० मा पराजय भोगेपनि चुनावबारे निरन्तर टिप्पणी गरिरहेका छन् । उनले मतदानको दौडान इलेक्ट्रोनिक मतदान प्रणालीको विश्वसनीयताको बारेमा बारम्बार शङ्का उत्पन्न गर्दै त्यसपछि मेशिनको प्रयोग गरेर खसालिएका लाखौं मतपत्रहरू रद्द गर्न अनुरोध गर्दै आएका छन् ।

उनले आफूमाथि लगाइएका आरोपलाई कहिल्यै स्वीकार गरेका छैनन् । पूर्व राष्ट्रपतिको कुनै पनि दाबी प्रमाणित भएको थिएन र निर्वाचनको परिणामलाई बोल्सोनारोका केही सहयोगी र प्राय विदेशी पर्यवेक्षक तथा सरकारहरूले कानुनी रूपमा मान्यता दिएका थिए ।

गत डिसेम्बरको अन्त्यमा ब्राजिल छोडेका उनले जनवरी १ मा आफ्नो बामपन्थी उत्तराधिकारीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिएनन् । उनी ओर्लान्डोको उपनगरमा बस्दै आएका छन् ।

ब्राजिलका केही प्रजातान्त्रिक सांसदले राष्ट्रपति जो बाइडेनलाई बोल्सोनारोको भिसा रद्द गर्न आग्रह गरेका छन् । न्यायाधीशको निर्णयपछि बोल्सोनारोका वकिल फ्रेडरिक वासेफले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूर्व राष्ट्रपतिले जनवरी ८ देखि भएको तोडफोड र विध्वंसात्मक कार्यलाई गैरकानुनी भन्दै आउनुभएको छ ।’

विज्ञप्तिमा बोल्सोनारोको यी स्वतःस्फूर्त भएका सामाजिक आन्दोलनसँग कुनै सम्बन्ध वा सहभागिता नभएको पनि उल्लेख गरिएको छ ।

जनवरी २ मा संघीय जिल्लाको सुरक्षा प्रमुख बनेका बोल्सोनारोका पूर्व न्यायमन्त्री एन्डरसन टोरेस दङ्गाको दिन अमेरिकामा थिए । डे मोरेसले यसै हप्ता टोरेसलाई पक्राउ गर्न आदेश दिएका थिए । उनको कार्यको अनुसन्धान सुरु गरेका छन्, जसलाई उनले ‘उपेक्षा र मिलेमतो’ को रूपमा चित्रण गरेका छन् ।

अदालतले पूर्व सुरक्षा प्रमुखका लागि पक्राउ पुर्जी पनि जारी गरेको छ र उनी तीन दिनभित्र स्वदेश फर्किनुपर्ने अन्यथा ब्राजिलले उनको सुपुर्दगीका लागि अनुरोध गर्ने न्यायमन्त्री फ्लाभियो डिनोले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

  आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक

शहबाज सरिफद्वारा पिएमएल–एनको अध्यक्ष पदबाट राजीनामा

  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अध्यक्ष पदबाट

श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

  श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको अपील भारतको सर्वोच्च अदालतद्वारा खारेज

  सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन