चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान



इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका छन् ।

भेटमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको जापानको एनएचके वर्ल्डले उल्लेख गरेको छ ।

ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा र राष्ट्रपति बाइडेन बीच दुई घन्टा लामो कुराकानी भएको थियो । वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताएका थिए ।

परिवर्तित नीतिहरूमा उल्लेख्यरूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजना लगायतका विविध विषय समावेश छन् ।

क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको उल्लेख गरेको एनएचके वर्ल्ड उल्लेख गरेको छ ।

राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्याएको बैठकपछि व्हाइट हाउसले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

‘हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं साथै अन्तरराष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्याउँदछौं,’ ह्वाइट हाउसले भनेको छ ।

अगस्टको शुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो।

यसैगरी पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधिमण्डलहरू पठाएर सुरक्षा संवेदनशीलतालाई थप पेचिलो बनाएका थिए ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन् ।

यसैबीच कोभिड–१९ महामारी लगायतका विषयमा पर्याप्त र पारदर्शी डेटा उपलब्ध गराएर विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्दत गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘हामी चीनलाई कोभिड–१९ को फैलावट सम्बन्धी पर्याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा सार्वजनिक गर्न पनि आह्वान गर्दछौं । जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्याउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०

थाइल्यान्डमा सिनेटको निर्वाचन जुनमा हुने

  थाइल्यान्डले आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक