रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने



उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ । नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो ‘एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम (अवाक्स)’ विमानले सयौं किलोमिटर टाढाका विमानलाई पत्ता लगाउन र गतिविधिमाथि निगरानी राख्न सक्छ ।’

यी विमान बुखारेस्ट नजिकैको ओटोपेनीमा मङ्गलबार आइपुग्नेछन् र पश्चिमी जर्मनीको गीलेन्किर्चेनमा बनेका नेटोका १४ वटा बोइङ ई–३ ए अवाक्स विमानको हिस्सा हुन् । नेटोले रोमानियाबाट गस्तीमा कति वटा अवाक्स विमान खटाउने छ भन्नेबारे केही बताएको छैन ।

प्रत्येक अवाक्स विमान सामान्यतया नौ हजार (करिब ३० हजार फिट) को उचाइमा साढे आठ घण्टासम्म हावामा रहन सक्छन् । हवाई यात्रा गर्दा, तिनीहरूले पोल्याण्ड जस्तो लगभग ठूलो क्षेत्र निगरानी गर्न सक्दछन् र एयर–टू–एयर निगरानीको साथ आफ्नो उडान समय विस्तार गर्न सक्छन् ।

यि विमानलाई सहयोग गर्न ओटोपेनीस्थित रोमानियाली हवाई शिविरमा करिब १८० जना सैनिक तैनाथ हुनेछन् । यो अभियान केही हप्तासम्म चल्ने नेटोले जनाएको छ ।

रूसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नेटोले पूर्वी युरोपमा थप लडाकू विमान, निगरानी विमान र हवाई ट्याङ्करमार्फत आफ्नो हवाई उपस्थितिलाई मजबुत बनाएको छ ।

नेटो गठबन्धनले नेटो राष्ट्रहरूको सीमा नजिक रूसी जेटहरूलाई पछ््याउन पूर्वी युरोप र बाल्टिक साम्द्रिक क्षेत्रमा पनि नियमित गस्ती सुरु गरेको छ । पूर्वी युरोपमा नेटोको आठ बहुराष्ट्रिय युद्ध समूहमध्ये एक टोली रोमानियामा प्रतिरोध र प्रतिरक्षाको अवस्थामा तैनाथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०