युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी



रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो ।

युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ । ‘सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ,’ रुसी रक्षा मन्त्रालयले शुक्रबार एक वक्तव्यमा भनेको छ ।

युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त शहरमा ‘गम्भीर सङ्घर्ष’ जारी रहेको बताएको छ । युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताएका छन् ।

उक्त शहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन् । युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढरहेको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनकि भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ ।

रुसले सोलेदारमाथि कब्जा जमाउन आफ्नो मुख्य सैन्य मोर्चालाई डोनेट्स्क सारेको जनाउँदै युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले दुवै देश युद्धको कठिन चरणमा पुगेका केही समयअघि बताएका थिए ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न युक्रेनी सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । रक्तपातपूर्ण भयङ्कर लडाईका निम्ति अत्याधुनिक हातहतियार प्रदान गर्ने उनले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र