कानुनी शासनको पालना गर्न राष्ट्रसंघ महासचिवको आग्रह


संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसंघको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।’

बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवद्र्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसंघको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवद्र्धनमा जोड दिएका छन् ।

विश्वमा शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उनको भनाई थियो ।