देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध–सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोप्र्सका सदस्यहरू हुन् ।
उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले बताएका छन् ।

प्रतिक्रिया