ब्राजिलका सरकारी भवनमा भएको हमलाको अमेरिका र राष्ट्रसंघद्वारा निन्दा



अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गरेका छन् ।

उनीहरूले उक्त कदमलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै निन्दा गरेका हुन् । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म ब्राजिलमा लोकतन्त्र र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा भएको आक्रमणको निन्दा गर्दछु। ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति हाम्रो पूर्ण समर्थन छ र ब्राजिलका जनताको इच्छालाई कमजोर पार्नु हुँदैन। म लुला प्रशासनसँग काम गर्न चाहान्छु।’

त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘ब्राजिलको प्रजातान्त्रिक संस्थाहरूमा भएको आक्रमणको’ निन्दा गरेका छन् । उनले ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘आज भएको ब्राजिलको लोकतान्त्रिक संस्थाहरूमा भएको आक्रमणको म निन्दा गर्दछु। ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्छ। मलाई पूर्ण विश्वास छ कि यो हुनेछ। ब्राजिल एक महान लोकतान्त्रिक देश हो,’गुटेर्रेसले ट्वीटमा लेखेका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि आक्रमणको निन्दा गरेका थिए । उनले प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग “अस्वीकार्य“ भएको पनि उल्लेख गरेका छन् ।

एन्टोनी ब्लिन्केनले भने, ‘हामी आज ब्राजिलको प्रेसिडेंसी, कङ्ग्रेस र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गर्दछौं। प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग सधैं अस्वीकार्य छ। हामी यी कार्यहरूको तत्काल अन्त्य गर्न आग्रह गर्दछौं।’

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सुरक्षा अवरोधहरू तोडेर आइतबार ब्राजिलको कङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको सीएनएनले ब्राजिलका सञ्चारमाध्यमहरूमा देखाइएका तस्वीरहरू उदृत गर्दै उल्लेख गरेको छ ।

लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरू ब्राजिलियामा क्याम्पिङ गरिरहेका छन् । विरोधका कारण कङ्ग्रेसको दुवै सदन चल्न सकेको छैन । सीएनएनका अनुसार प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गर्दा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भने भवनमा अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ