भानुअटुमा ७ म्याग्निच्युडको भूकम्प



प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।

यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार  ११ः३० बजे भूकम्प गएको हो ।

हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०.३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ ।

न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०.३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ । भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधि हुने गर्दछ ।

प्रत्यक्षदर्शीहरूले राजधानी होनियाराका केही भागहरूमा शक्तिशाली कम्पनका कारण सामानहरू भुइँमा ढलेको र फुटेको बताइए पनि कुनै क्षतिको विवरण तत्काल प्राप्त हुनसकेको छैन ।

भूकम्पका कारण भानुअटु र नजिकैको पपुवा न्यू गिनीको तटीय क्षेत्रलाई ३० सेन्टिमिटर (१२ इन्च) सम्मको सुनामीको छालआउन सक्ने चेतावनी दिइएको छ । भानुअटुको उत्तरमा रहेको सोलोमन टापुमा गत नोभेम्बरमा पनि ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र