रूसी आक्रमणमा ६ सय युक्रेनी सैनिकको मृत्यु भएको रूसी रक्षा मन्त्रालयको दाबी



मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएका बताइएको छ ।

रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रामातोस्र्कका दुई भवनमा तैनाथ युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।’

पछिल्लो रूसी आक्रमणबारे समाचार तयार पार्दासम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन । शनिबार डोनेट्स्कको पूर्वी क्षेत्रमा रहेको क्रामातोस्र्कमा मध्यरातअघि कम्तीमा चारवटा विस्फोटको आवाज सुनेको बताएका छन् ।

दुवै देशमा शनिबार अर्थोडक्स क्रिसमस मनाइएको थियो । उक्त अवसरमा रूसले युक्रेनमाथिको आक्रमणलाई अस्थायीरूपमा ३६ घण्टाका लागि रोकेको घोषणा गरेको थियो ।

रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ ।

दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ । यसअघि आइतबार डोनेट्स्क क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले रूसले क्रामातोस्र्कमा सातवटा रकेट आक्रमण गरेको बताएका थिए ।

रूसले आक्रमणबाट ६०० युक्रेनी सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएको बताएको छ । भवनबाहेक ‘एउटा शैक्षिक संस्था, औद्योगिक केन्द्र र केन्द्र’ मा क्षति पुगेको तर कुनै हताहत भने नभएको रूसले दावी गरेको छ ।

नयाँ बर्ष शुरू भएपछि युक्रेनले पूर्वी शहर माकिवकामा ब्यारेकको रूपमा रूसी सेनाले प्रयोग गरिरहेको भवनमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा ८९ रूसी सेनाको मृत्यु भएको बताइएकोे थियो ।

रूसले युक्रेनी आक्रमणमा परी ८९ सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र युक्रेनमा जनवरी ७ तारिखका दिन मनाइने क्रिसमस मनाउनका लागि ३६ घण्टे युद्धविरामको घोषणा गरेका थिए । युक्रेनी स्थानीय समयअनुसार शनिबार राति ११ बजेपछि एकतर्फी युद्धविराम अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा