पेट्रो र मादुरोबीचको वार्ता फलदायी



कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाका आफ्ना समकक्षी निकोलस मादुरोलाई भेटेका छन् । एक वर्ष लामो कूटनीतिक स्थिरतापछि उनीहरुबीच यो दोस्रो भेटघाट भएको जनाइएको छ ।

कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपति पेट्रो शनिबार मध्य दिउँसो राष्ट्रपतिको दरबारमा आइपुगेका र दुई नेताहरूले काराकसमा करिब तीन घण्टा लामो वार्ता गरेका जनाइएको छ । अगस्टमा पदभार ग्रहण गरेदेखि पेट्रोको सरकारले काराकससँग कूटनीतिक सम्बन्ध सुधार्न काम गरिरहेको छ ।

भेनेजुएलाले कोलम्बियामा अझै पनि सक्रिय सशस्त्र समूहहरुसँग ‘पूर्ण शान्ति’ स्थापना गर्ने अभियानको वाचा पूरा गर्न खोजेकोले पेट्रोका लागि प्रमुख सहजकर्ताको रूपमा काम गरेको छ । दुई देशको असुरक्षित सीमामा काम गर्छन् ।

सन् २०२२ को अन्त्यमा, पेट्रोले जनवरी १ देखि जुन ३० सम्म चल्ने पाँच सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविराम घोषणा गर्दै त्यो मोर्चामा ठूलो प्रगति गरेको देखिन्छ ।

‘द्विपक्षीय युद्धविराम कायम राख्ने लक्ष्यमा कोलम्बिया सरकारलाई समर्थन गर्नेछ’शनिबार मादुरो–पेट्रो बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र