अमेरिकालाई सबैभन्दा बढी क्षति पुर्‍याउने जासुस रिहा



शीतयुद्धको समयमा निक्कै नाम चलेकी मध्येकी एक जासुस एना मोनटेस २० वर्ष भन्दा बढी अमेरिकी जेलमा बिताएर रिहा भएकी छन् । ती ६५ वर्षीया गुप्तचरले झन्डै २ दशक क्युबाका लागि गुप्तचरी गरेकी थिइन्।

उनी डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा कार्यरत थिइन् । सन् २००१ मा उनी पक्राउ परेपछि अधिकारीहरूले उनले लगभग क्युबामा अमेरिकी गुप्तचर गतिविधिलाई लगभग पूर्ण रूपमा खुलासा गरिदिएको बताएका थिए ।

एक जना अधिकारीले अमेरिकाले पक्राउ गरेका सबैभन्दा बढी क्षति पुर्याउने गुप्तचरका रूपमा उनलाई चित्रण गरेका थिए ।

राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा प्रति गुप्तचरी निकायका प्रमुख रहेकी मिसेल भान क्लिभले सन् २०१२ मा कंग्रेसलाई मोनटेसले हामीले क्युबाका बारेमा थाहा पाएका सबै थोक र हामी त्यहाँ कसरी काम गर्छौँ भन्ने कुरा पुर्याइदिएको बताएकी थिइन्।

पक्राउ परेपछि मनटेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो।

उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो । फैसला सुनाउने न्यायाधीशले उनले ‘सम्पूर्ण देशलाई जोखिममा पारिदिएको’ आरोप लगाएका थिए । तर शीतयुद्धको समयमा पक्राउ परेका अन्य उच्च पदस्थ गुप्तचरहरू भन्दा पृथक् मोनटेसले व्यक्तिगत लाभभन्दा पनि विचारधाराबाट प्रभावित भएर ती कदम चालेकी थिइन् ।

क्युबाको गुप्तचर निकायसँग काम गर्न उनले सहमति जनाउनुको आंशिक कारण ल्याटिन अमेरिकालाई लिएर रेगन प्रशासनले अँगालेको नीतिप्रतिको उनको विरोध थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन