म्यान्माको जेलमा भएको झडपमा एक कैदीको मृत्यु, दर्जनौं घाइते



म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ ।

पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पुर्याएका थिए । कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् ।

‘भीडलाई तितरबितर पार्न र दङ्गा नियन्त्रणमा लिन अधिकारीहरूले गोली चलाउनु परेको थियो,’ विज्ञप्तिमा भनिएको छ । युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उहाँलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । गत साता बेलायतबाट म्यानमार स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।

सेनाले सत्ता कब्जा गरेयता दुई हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने असहमतिमाथि दमन गर्ने क्रममा १३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको स्थानीय मानव अनुगमन समूहले जनाएको छ ।

गत वर्षको जुलाईमा सरकारले पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी कार्यकर्ता क्याव मिन युसहित चार जना कैदीलाई मृत्युदण्ड दिएको थियो । करिब ३० वर्षमा म्यान्मा राज्यद्वारा मृत्युदण्डको यो पहिलो प्रयोग थियो र यसको विश्वव्यापी निन्दा भएको थियो ।

ह्युमन राइट्स वाचका अनुसार म्यान्मारका जेलहरू कठोर परिस्थिति र यातनाको कथित प्रयोगका लागि कुख्यात छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन