जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन



जर्मनीले चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । ‘हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,’ जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ ।

कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।

युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् ।

जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली सङ्घका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।

गैर–युरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा सङ्क्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन् ।

तर जाडो याम र चिनियाँ नयाँ बर्षको शुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा