इजरायली सेनाद्वारा वेस्टबैंकमा एक प्यालेस्टिनीको हत्या



इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस शहरमा एक प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो । बिहीबार बिहानै नाब्लसमा आक्रमणको क्रममा इजरायली सैनिकहरूले हानेको गोली टाउकोमा लागेर १६ वर्षीय अबु जेटोनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जनाइएको छ ।

इजरायली सेनाले यस घटनाको तुरुन्तै प्रतिक्रिया दिएको छैन् । स्थानीय प्यालेस्टिनी लडाकू समूह लायन्स डेनले नाब्लसको बालाता शरणार्थी शिविरमा रातभरको झडपमा आफ्ना लडाकाहरू संलग्न रहेको बताएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यस वर्षको सुरुदेखि वेस्टबैंकमा इजरायली सेनाद्वारा मारिएका जेटोन चौथो प्यालेस्टिनी हुन् । गत मङ्गलबार, बेथलेहेममा १५ वर्षीय एडम एसाम शेकर अय्यादको मृत्यु भएको थियो ।

सन् २००५ मा १५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएयता वेस्ट बैंकमा इजरायल गरेको आक्रमण्मा सन् २०२२ सबैभन्दा घातक वर्षको रुपमा रहेको डिसेम्बरमा, संयुक्त राष्ट्रसङ्घले जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ