बुरुन्डीमा हैजाको प्रकोप



बुरुन्डीमा हैजा प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य तथा एड्स नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानी बुजुम्बुरामा हैजाको प्रकोप भएको घोषणा गरेका हुन् ।

सन् २०२२ को डिसेम्बरमा व्यावसायिक राजधानी बुजुम्बुराको उत्तरी जिल्लामा पखाला र बान्ताका लक्षणहरू सहित नौ जना व्यक्तिहरूमा हैजा पुष्टि भएको थियो । त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामका उपायहरू अपनाइएको थियो ।

उनका अनुसार संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिमबारे समुदायलाई सचेत गराउने र अपनाउनुपर्ने आचरण र समुदायमा अन्य हैजाका बिरामीको खोजी गर्ने कार्य गरिएको थियो ।

डिसेम्बर २६ देखि डिसेम्बर ३१ सम्म बुजुम्बुरा र यसको वरपरका धेरै ठाउँहरूमा भारी वर्षा हुँदा शौचालयहरू ओभरफ्लो भएका कारण हैजाको प्रकोप देखापरेको बताइएको छ । बुरुन्डीको स्वास्थ्य मन्त्रालयले रोगको प्रकोपपछि बुजुम्बुरामा सडकमा पकाइएको र कच्चा खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी