सन् २०२२ मा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले कमी



सन् २०२२ मा पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ ।

गजप्रोमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ भन्दा बाहिरको निर्यात सन् २०२१ मा १८५.१ अर्ब क्युबिक मिटर थियो । पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा भारी कमी आएको छ ।

गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताए । ‘जनवरी १ देखि हामी चीनमा आधारभूत रूपमा नयाँस्तरको ग्यास आपूर्तिमा छौँ,’ मिलरले विज्ञप्तिमा भनेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी साइबेरियामा कोभिक्टा प्राकृतिक ग्यास क्षेत्रको उद्घाटन गरेका थिए । यसले रूसी इन्धनलाई चीनतर्फ निर्यात बढाउन सहज हुने बताइएको छ । रूससँग आफ्नो पश्चिमी साइबेरियाली र आर्कटिक ग्यास क्षेत्रहरूबाट चीनमा ग्यास ढुवानी गर्न पाइपलाइनहरू छैनन् ।

तर रूसले करिब एक दशकअघिदेखि नयाँ क्षेत्रको विकास गर्न र ‘पावर अफ साइबेरिया’ नामक पाइपलाइन निर्माण गर्न सुरू गरेको छ ।

एक दशकको चिनियाँ प्रयासमा पहिलो ‘पावर अफ साइबेरिया’ नाम दिइएको पाइपलाइन सञ्चालनमा आएको थियो र सन् २०१९ को अन्त्यमा पूर्वी साइबेरियाबाट चीनमा ग्यास ढुवानी गर्न थालिएको छ ।

पछिल्लो समय मस्कोले ‘पावर अफ साइबेरिया–२’ नामक पाइपलाइन निर्माण गर्ने योजना बनाएको छ । गत हप्ता एक सम्मेलनमा मिलरले गजप्रोमका लागि सन् २०२२ ‘निकै धेरै कठिन’ भएको स्वीकारेका थिए ।

मिलरले युक्रेनमा सेना पठाउने पुटिनको निर्णयको प्रतिक्रियामा प्रतिबन्धहरूद्वारा सञ्चालित ‘ऊर्जा बजारमा पूर्ण परिवर्तन’ भएको उल्लेख गरेका छन् ।

गजप्रोमले विश्वव्यापी प्राकृतिक ग्यास उत्पादनको ११ प्रतिशत हिस्सा ओगटेको छ र विश्वमा यसको सबैभन्दा ठूलो ग्यास भण्डार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन