‘ह्यूमन कम्पोस्टिङ’ लाई अमेरिकामा मान्यता



संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यले मानव शरीर कुहाएर प्राङ्गारिक मल बनाउने विधि ‘ह्यूमन कम्पोस्टिङ’ वैधानिक मान्यता दिएको छ ।

अब मृत्यु भएपछि मानिसको शरीरलाई केही सातामै माटो बनाउन सकिनेछ । शव समाधिस्थलमा गाड्नु वा दाहसंस्कार गरेर जलाउनुभन्दा यो विधि पर्यावरणीय दृष्टिकोणले बढी उपयुक्त हुने ठानिएको छ ।

एउटा भाँडोमा बन्द गरेर राखेको केही सातामै शरीर कुहिन्छ । सन् २०१९ मा वाशिङ्टन राज्यले उक्त विधिलाई कानुनी मान्यता दिएको थियो । त्यसपछि कोलराडो, ओरिगन, भर्मोन्ट र क्यालिफोर्नियाले पनि ह्यूमन कम्पोस्टिङलाई मान्यता दिए ।

यो प्रक्रिया विशेष रूपमा निर्मित संरचनामा गरिन्छ । काठका टुक्रा, अल्फाअल्फा नामक घाँस र परालसहित शवलाई एउटा भाँडोमा राखेर बन्द गरिन्छ।

सूक्ष्मजीवहरूले शव र ती वस्तुलाई बिस्तारै गाल्छन् । झन्डै एक महिनापछि सङ्क्रामक कीटाणुलाई निष्क्रिय पार्न त्यसरी बाँकी रहेको पदार्थलाई तताइन्छ । त्यसपछि मृतकका आफन्तलाई त्यसरी बनेको माटो दिइन्छ ।

त्यो मलिलो माटो फूल, सागपात वा रूख रोप्न प्रयोग गर्न सकिन्छ । परम्परागत समाधि वा दाहसंस्कारको विधिसँग तुलना गर्दा यो विधिबाट एक टन कार्बन जोगाउन सकिने रिकम्पोज नामक एउटा अमेरिकी कम्पनीले दाबी गरेको छ ।

जलवायु परिवर्तनमा कार्बन डाईअक्साइड उत्सर्जनको ठूलो भूमिका छ । उत्सर्जित कार्बन डाईअक्साइडले पृथ्वीको ताप शोषण गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र