रुसद्वारा युक्रेनको राजधानी कीभमा हवाइ आक्रमण



युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानीमा शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ ।

हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ ।

यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् ।

यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन । रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ ।

त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरइएको थियो । यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको