कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् ।

उनले सम्झौताको स्वागत गरेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच वटा सशस्त्र समूहले यहाँको सरकारसँग ६ महिना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।

कोलम्बिायाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाएका थिए ।

उनले युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताएका थिए ।

कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र