काबुलको सैन्य विमानस्थलमा विस्फोट हुँदा १० जनाको मृत्यु



काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएका छन् ।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् ।

उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना हो ।

तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् ।

पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र