मेक्सिकोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु



मेक्सिकोको पश्चिमी क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भने थप एक दर्जन घाइते भएका छन्,” नायरिट राज्यको स्थानीय सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ४८ जना यात्रु सवार थिए ।

अधिकारीहरूले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा बस सडक छेउमा पल्टिएको देखिएको छ । अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ